डडेल्धुरामा तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ १२:१४

डडेल्धुरा, अमरगढी नगरपालिका ५ जिलोडास्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा  सोही नगरपालिका ४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ओझाको घरमा जुवातास  खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु