बाढीपहिरो निरीक्षण गर्न दीपालय पुगे प्रधानमन्त्री

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ १२:२५

कात्तिक । बेमौसमी बर्षाको कारण मुलुकमा ठूलो धनजनको क्षति भएपछि त्यसको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री दीपालय पुगेका छन् ।

प्रधानमन्त्रीको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, अर्थमन्त्री जनार्दन शर्मा तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर समेत सहभागी भएका छन् ।

उनले दीपालयमा सुरक्षा प्रमुखहरूसँग सुदूरपश्चिममा बाढि, पहिरो र डुवानको अवस्थाको बारेमा जानकारी लिएका छन् ।प्रधानमन्त्री सहितको टोलीले कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको हवाई निरिक्षण गर्ने छ ।

मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । हाल सम्म प्रदेशमा ३० जनाले बाढी पहिरोमा परी ज्यान गुमाएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु