कैलालीको धनगढीमा एक जना मृत फेला

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ ०३:३०

कैलालीको धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कैलाली खोलामा भारतीय नागरिक मृत फेला परेका हुन्।

भारतको पलिया घर भइ धनगढीमा मजदुरी गर्दै आएका ३२ वर्षीय उदय पाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। उनका अनुसार पालले बुधबार साँझ सन्तोषीटोलस्थिल कैलाली खोलामा बनेको पुलबाट हाम फालेका थिए।

उनी आज विहान हाम फालेकै स्थानमा मृत फेला परेका हुन्। पालले नेपालीसंग विवाह गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु