रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै तीन युरोपेली देशले इरानमाथि प्रतिबन्ध लगाए

छिनोफानो   बुधबार २६, भदौ २०८१ १०:४५

युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले हवाई यातायातलाई लक्षित गर्ने नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

तीन युरोपेली देशले संयुक्त विज्ञप्ति निकालेर इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्ने बताएका छन् । उनीहरुले इरानको आकाशमा प्रतिबन्ध लगाउने विषयमा पनि काम गर्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनविरुद्ध रुसको आक्रामक युद्धमा इरानको सैन्य हतियार प्रयोग भएको पाइएकाले इरानी मिसाइलहरू युरोपेली भूमिमा पुगेको पुष्टि भएको छ । इरान र रुसको यस्तो  कदमले  युरोपेली सुरक्षाका लागि खतरा बढेको सङ्केत गरेको खबरमा उल्लेख छ । तीन वटै देशले इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्नका लागि तत्काल कदम चाल्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु