राष्ट्रसङ्घको ७९औँ महासभा आजदेखि, प्रधानमन्त्री ओलीले असोज १० गते सम्बोधन गर्ने

छिनोफानो   बुधबार २६, भदौ २०८१ १०:४६

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा आजदेखि शुरू हुँदैछ । महासभामा भाग लिन नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असोज ५ गते अमेरिका जाने तयारी छ । महासभा आजदेखि शुरु हुने भए पनि विभिन्न विषयगत छलफलहरू असोज ८ गतेदेखि १२ गतेसम्म हुनेछ ।

महासभामा विभिन्न राज्य र सरकार प्रमुखहरू तथा मन्त्रीहरूले शान्ति, सुरक्षा र दिगो विकासलाई अगाडि बढाउनका लागि छलफल गरी विश्वव्यापी चुनौतीको समाधान खोज्नेछन् । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले शान्ति स्थापनाका लागि नेपालले खेलेको भूमिका, विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिलता र त्यसले पारेको असर, जलवायु परिवर्तन, खाद्य सङ्कटलगायतको विषयमा आफ्नो धारणा राख्ने तयारी गर्नुभएको छ । त्यसअघि असोज ६ र ७ गते ‘समिट अफ द फ्युचर’ सत्रमा नेपालको तर्फबाट सक्रिय सहभागिता हुनेछ ।

समिटमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिको सहभागिता रहने छ । समिटमा विश्वको राज्य व्यवस्थामा देखिएको गम्भीर चुनौतीहरू र त्यसका समाधानको बारेमा छलफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु