कैलालीका धेरै स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा , उच्च सतर्कता अपनाउन आग्रह

छिनोफानो   शुक्रबार २८, भदौ २०८१ १०:१३

कैलालीका धेरै स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

‘पछिल्लो ६ घण्टा कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएको, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो छ र सतर्कता–खतरा आसपास, बाढी हुने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा हुनेहरू साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु