कर्णालीमा पानीको बहावले सतर्कता तह पार गर्‍याे

छिनोफानो   शुक्रबार २८, भदौ २०८१ १२:०५

 कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि आएको छ । अहिलेसम्म पानीको बहाव १०.४० मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । चिसापानीस्थित जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १० मिटरसम्म सतर्कता तह मानिन्छ । १०.८० मिटर पुगेमा खतरा मानिन्छ । 

पानीको बहाव बढेपछि कैलाली र बर्दिया जिल्लाका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग गराइएको छ । उनीहरूलाई सतर्क रहन आग्रह गरिएको छ । कर्णाली नदीमा मिल्ने सेतीमा मात्रै पानी बढेकाले अब बिस्तारै पानीको बहाव घट्ने अपेक्षा गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार माथिल्लो क्षेत्रमा कर्णाली र भेरी नदीमा पानीको बहाव बढेको छैन । तीन वटै नदी मिलेर तल सिङ्गो कर्णाली बग्ने गर्दछ । 

यसै गरी, कैलालीमा बग्ने मोहनासहित यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रा, कटैनी, घुरहा, खुटियामा पनि पानीको बहाव बढ्दो क्रममा रहेको छ । हिजोदेखि भइरहेको अविरल वर्षाका कारण सबै नदीनालामा पानीको बहाव बढेकाे छ । कतिपय ठाउँमा मान्छेको घरमा पानी पसिसकेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु