साँसद रावललाई प्रश्न तपाई कता हराउनु भयो ?“रावल भन्छन् सांसद पदबाट दिक्क भइसके”

पवन भण्डारी   बिहिबार १०, असोज २०८१ १२:१०

पवन भण्डारी,धनगढी । अछाम जिल्ला निर्वाचन क्षेत्र २ प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर रावल गुमनाम भएको भन्दै नागरिकहरूले आवाज उठाएका छन । २०७९ सालको निर्वाचनमा रावल नेकपा एमालेका उम्मेदवार शिव प्रसाद उपाध्याय लाई पराजित गर्दै विजयी हुनु भएको थियो ।  

तर विजयी भई सके पछि  प्रदेश निर्वाचन क्षेत्रमा उनलाई भोट दिने नागरिकले उनको नाम समेत बिर्सीसकेका  छन । निर्वाचन भएको करिब दुई बर्ष बढी भैईसक्दा पनि सांसद रावल आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छैनन् । सांसद रावलले प्रदेश सभाको बैठकमा समेत अछाम जिल्लाका कुनै पनि आवाज उठाएको देखिँदैन । 

प्रदेश सभामा उनी मूर्ति जस्तै बनेर बस्दा निर्वाचन क्षेत्रका नागरिकले उनी प्रति गरेको विश्वास समेत टुटेको छ । नागरिकले सांसद रावलको सामाजिक सञ्जाल फेसबुकमा खोजी गर्दै आयका छन । सामाजिक सञ्जाल प्रयोगकर्ताले सांसद रावल हराएको भन्दै खोजी गर्न आग्रह समेत गरेका छन । सामाजिक सञ्जाल प्रयोगकर्ता जगदिस धमालाले फेसबुकमा सांसद रावल हराएको भन्दै स्ट्याटस पोस्ट गरेका छन । सांसद रावलको नाम आफनै क्षेत्रमा मतदाताले समेत बिर्सिसकेका छन । धमालाले हालेको कमेन्टमा दीपक गिरी र नृप जैसी घोडासैनीले सांसद रावलको नाम नै पहिलो पटक सुनेको प्रतिक्रिया दिएका छन ।  

निर्वाचनमा विजयी भैईसके पछि रावल एक  पटक मात्र  अछाम पुगेको अछामी नागरिकको गुनासो छ ।  निर्वाचन क्षेत्रका समस्यालाई प्रदेश सभामा राख्ने सांसद रावल गुमनाम भए पछि नागरिकहरूले उनको सामाजिक सञ्जाल फेसबुक खोजी गरेका हुन । 

सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभा १ बाट निर्वाचित सांसद अक्कल बहादुर रावलले पटक पटक सभामा प्रदेश र जिल्लाका समस्या उठान गरिरहेको भए पनि सांसद मान बहादुर रावल भने प्रदेश सभाको कुर्सीमा मौन देखिन्छन् । 

तर सोही सांसद रावललाई  तपाई गुमनाम किन बस्नु भयो ? भन्ने प्रश्नमा रावलले भने म सांसद पदबाट दिक्क भइसके मैले काम नगर्न खोजेको होइन तर काम गर्ने वातावरण नै दिँदैनन् । आफनै पार्टीको सरकार हुँदा पनि आफूले राखेका समस्या  समाधान हुँदैनन् भने पदमा बसी रहनु पर्ने जस्तो लाग्दैन उनले भने । आफूले अछामी जनताले दिएको जिम्मेवारी पुरा गर्नका लागी आफनै पार्टीबाट समेत साथ सपोट नपाएको आसय ब्याक्त गरे ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु