सप्तकोशी नदीमा खसेको बसमा रहेका सबैको उद्धार

छिनोफानो   शुक्रबार ११, असोज २०८१ ०७:०३

काठमाण्डौ – हिजो बेलुकी सप्तकोशी नदीमा खसेको बसमा रहेका सबैको उद्धार गरिएको छ । बसमा यात्रु, चालक र सहचालक गरी २० जना रहेका र सबैलाई उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार बिराटनगरबाट उदयपुरको गाईघाटको लागि छुटेको को १ ख ४६०१ नम्बरको बस हिजो बेलुकी कोशी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु