सुदूरपश्चिम ब्युटी पार्लर एसोसिएसन द्दारा १५ दिने मास्टर नेलाआर्ट कोर्स तालिम सम्पन्न

छिनोफानो   शनिबार १२, असोज २०८१ ०९:१८

धनगढी । सुदूर पश्चिम ब्युटी पार्लर एसोसिएसन द्दारा १५ दिने मास्टर नेलाआर्ट कोर्स तालिम  सम्पन्न भएको छ ।सुदूर पश्चिम ब्युटी पार्लर एसोसिएसन अध्यक्ष  मिना देवी बोहरा को अध्यक्षतामा भएको  कार्यक्रम प्रमुख अतिथी सुदुरपश्चिम ब्युटी पार्लर एसोसिएसन का केन्द्रिय अध्यक्ष एवम प्रमुख प्रशिक्षक  शशिकला राई रहनु भएको थियो भने  विशिष्ट अतिथि  निशा सिंह रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले आफूहरूले सम्पूर्ण ब्युटिसियनहरुलाई जिरो लेभल बाट मास्टर लेभल सम्मको सिकाई प्रदान गरेको बताईन । उनले भनिन "यो १५ दिनको तालिममा आफूले सिकेको सम्पूर्ण सीप र कला तपाईँहरूलाई बाडेको र यसको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको बताईन ।

उनले पछिल्लो समय ब्युटिसियन तर्फ महिला दिदिबहिनीहरुको आकर्षण बढ्दै गैईरहेको बताईन ।  कार्यक्रममा बोल्दै विशिष्ट अतिथि निशा सिंहले तालिम अवधिभर सिकेका कुरा लाई ब्यावहारमा उतार्न आग्रह गरिन । आफूले सिकेको सीप सदुपयोग गरेर स्वरोजगार  बन्नु होला भन्दै उनले शुभकामना ब्याक्त गरिन । 


अत्तरिया शाखाका अध्यक्ष दीपिका बोहोराले समापन र प्रमाणपत्र वितरण कार्यक्रम उपस्थित सबै लाई धन्यवाद ज्ञापन गर्दै  सुदूर पश्चिमका व्युटीसियनलाइ यो तालिमले निकै सहज बनाएको बताईन ।

तालिम सिक्न खर्चिलो हुन्छ तर सुदूर पश्चिम  व्युटीसेन एसोसिएसनले सस्तो र सुलभ रूपमा तालिम दिएपछि दिदी बहिनी खुसी भएको बताईन छन् । पूजा कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बबिता मिश्रले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु