गृहमन्त्रीले आकस्मिकरूपमा बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

छिनोफानो   शनिबार १२, असोज २०८१ ११:४१

काठमाडौं : गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। मन्त्रालयका अनुसार बिहान लेखकले शनिबार दिउँसो १०ः३० बजेका लागि बैठक बोलाएका हुन्।

 

 

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन्।

बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख सहभागी हुनेछन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु