बाढी पहिरोबाट ९९ जनाले ज्यान गुमाए, ७२ जना बेपत्ता

छिनोफानो   आइतबार १३, असोज २०८१ ०७:०१

काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ७२ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाण्डौ उपत्यकामा ४८ जनाको ज्यान गएको छ । जसमा काठमाण्डौमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको ज्यान गएको हो ।

मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकबाट ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु