मुसलधारे वर्षाका कारण दशैँअघि मेलम्चीको पानी काठमाण्डौ आउनेमा अनिश्चित

छिनोफानो   आइतबार १३, असोज २०८१ १०:२४

काठमाण्डौ – तीन दिनसम्मको मुसलधारे वर्षाका कारण मेलम्ची खोलाको पानी काठमाण्डौमा ल्याउने काम अनिश्चित बनेको छ । मेलम्ची खानेपानी विकास समितिले दशैँअघि नै काठमाण्डौ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा वर्षाले थप अनिश्चित बनेको हो ।

समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले काठमाण्डौ उपत्यकामा पानी ल्याउन प्राविधिक काम सकेकामा बिहीवारदेखिको वर्षाले अनिश्चित भएको बताउनुभयो । उहाँले मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ मा रहेकाे अम्बाथानमा भने ठूलो क्षति भएको नदेखिएको जानकारी दिनुभयो ।

समितिले मुहानस्थलमा राम्रो सुरक्षा व्यवस्था मिलाएकाले ठूलो क्षति नभएको तर सुरूङभित्र कुनै क्षति भएका बारे अध्ययन गर्न भने केही दिन लाग्ने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

सुरूङभित्रको प्रभाव अध्ययन सकेपछि मात्र मेलम्चीको पानी काठमाण्डौमा आउने दिन निश्चित गर्ने समितिले जनाएको छ । मेलम्चीको पानी वर्षामा बन्द गरी हिउँदमा मात्र ल्याउने गरिएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु