काठमाण्डौ उपत्यकामा हरियो तरकारीको भाउ अत्यधिक बढ्यो

छिनोफानो   आइतबार १३, असोज २०८१ १०:२५

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा सबैजसो तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार हिजोको तुलनामा आज सबैजसो तरकारीको भाउ बढेको हो ।

कालिमाटी बजारमा हिजो किलोको ३१ रुपैयाँमा बिक्री भएको सानो गोलभेंडा आज किलोको ७५ रुपैयाँ तोकिएको छ । यस्तै हिजो ६० रुपैयाँ किलोमा किनबेच भएको टनेलको सानो गोलभेंडा आज किलोको ९० रुपैयाँ पुगेको छ ।

यस्तै गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ । बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । स्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।

यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफुलको भाउ पनि बढेको छ । लगातारको बर्षाले हिजो काठमाण्डौ उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भइ भाउ बढेको हो । आज पनि काठमाण्डौ प्रवेश गर्ने सबैजसो सडक अवरुद्ध रहेकाले तरकारीको भाउ स्थिर हुन अझै केही दिन लाग्न सक्ने व्यवसायी बताउँछन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु