कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

छिनोफानो   आइतबार १३, असोज २०८१ १०:३१

कञ्चनपुरः जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाई का ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली हात्तीको समूह गाउँ पसेपछि धमाउन घरबाहिर निस्केका स्थानीयले हो–हल्ला गरेका थिए।

सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको हो। अहिले हात्तीको समूह नजिकैको जंगलमा पसेको छ। प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु