बजेट ल्याए तरुण दलका नेता विष्टले खाए,जनताले न पानी पाए,न ज्याला पाए

छिनोफानो   आइतबार १३, असोज २०८१ १२:१०

पवन भण्डारी धनगढी । अछामको मंगलसेन नगरपालिका–१२ छाप डाँडामा खाने पानीका धारा बनेको दुई बर्ष भई सक्दा पनि नागरिकले पानी खान पाएका छैनन् भने मजदुरले काम गरेको ज्याला समेत पाउन सकेका छैनन् । योजनाको उपभोक्ता समितिमा रहेका रमेश विष्टले सो योजनाको जिम्मेवारी लिएका थिए । 

योजनाको काम सम्पन्न भई बजेट समेत निकासा भइसकेको दुई बर्ष बढी भई सक्दा समेत उक्त धारामा पानी नागरिकले देख्न पाएका छैनन् भने काम गरेको ज्याला मजदुरले पाएका छैनन् । छाप डाँडामा ८ वटा पानीका धारा बनाउने गरी १० लाख रुपैयाँ बजेट सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आएको थियो । 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अछाम मातहतमा योजनाको काम सम्पन्न भएको थियो । तर काम सम्पन्न भएको धाराको मुहान नै नहुदा हाल सम्म पानी आउन सकेको छैन । 

धारामा पानी सञ्चालन भइसके पछि मात्र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले  अनुगमन गर्दै बजेट भुक्तानी दिनु पर्ने हुन्छ । तर  खाने पानीका कर्मचारी र उपभोक्ता समितिका अध्यक्षको मिलेमतोमा मुहान नभएको धारामा पानी सञ्चालन भएको रिपोट पेस गर्दै रकम भुक्तानी भएको देखिन्छ । 

योजनाको उपभोक्ता समितिमा रहेका रमेश विष्टले योजनाको १० लाख रुपैयाँ जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट भुक्तानी लिई सकेका छन । तर अहिले सम्म काम गरेका मजदुरको पैसा पनि विष्टले दिएका छैनन् । 

स्थानीय तारामान बुढाले ५ लाखमा ८ वटा पानीका धारा र सामग्री आफैँ किन्ने गरी निर्माण गर्ने ठेक्का लिएको बताए । उनले भने मैले करिब १५ जना कामदार लगाएर योजना सम्पन्न गरेँ ।  तर ३ बर्ष भयो मैले पैसा पैसा पाएको छैन । आफूले अन्य पसलहरूबाट उदारो सामान किनेको बताउँदै उनले भने पसलेहरू मलाई ब्याज लगाउँदै छन मजदुरहरूले दिन प्रतिदिन ज्याला माग्दै सताई रहेका छन मैले कहाँ बाट पैसा दिने उनले भने । खानेपानिले सो पैसा भुक्तानी गरिसकेको भए पनि समितिका अध्यक्ष विष्टले अहिलेसम्म ज्याला र खरिद सामग्रीको पैसा दिएका छैनन्,’ उनले भने । 

मुहानमा एक दिन अर्कै मुहानको पानी हालेर पास गरेको बताउँदै उनले भने त्यस पछि धाराहरू पनि बाझिएका छन पानी पनि छैन । 

बुढाले भने ‘हामी यसै गरी श्रम गरेर गुजारा चलाइरहेका छौँ । धारा निर्माणको काम छ भन्ने थाहा पाएपछि मैले गाउँका १५ जना लिएर गएँ,’ जुन मुहानबाट पानी ल्याउने भनिएको थियो । त्यता पानी नै थिएन । पानी नभएको ठाउँमा धारा बनाइएका थिए । आफूले मङ्गलसेनमा रहेको खानेपानी कार्यालयमा जाँदा भुक्तानी भइसकेको छ भन्ने जानकारी पाएको बताए । 

खाने पानीका ८ ओटा धारामध्ये एक धारा पार्वती मावि छाप डाँडामा बनाइएको छ । उक्त धारा निर्माण भएदेखि आज सम्म एक दिन पनि पानी नआएको विद्यालयका  प्रधानाध्यापक नरबहादुर विष्टले बताए । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अछामका प्रमुख मुकेश सोडारीले ‘सबै सर्भे गरेरै योजनाको काम सुरु भएको बताए । आफूहरूले सर्भे गर्दा पानी थियो तर पछि मुहान सुकेको रैछ । उपभोक्ता समितिका अध्यक्षलेअर्को मुहानबाट पानी ल्याएर त्यता हाल्छु भनेर सम्झौता गरेका थिए । हामी अझै बजेट आएको छ उक्त खानेपानी सञ्चालनमा ल्याउँछौ उनले भने ।             

उपभोक्ता समितिका अध्यक्ष रहेका रमेश विष्टलाई यो बारे बुझ्न खोज्दा लगातार फोन र म्यासेज गर्दा उनले फोन उठाउनु भएन । विष्ट तरुण दल जिल्ला कार्य समिति अछाममा सभापति समेत रहेका छन । 

भुल बस फोटा अर्कैको पर्न गएकोमा क्षमा चाहान्छौ । र सच्याई सकेको जानकारी गराउदछौ । सम्पादक  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु