सुदूरपश्चिममा दशैँमा ११ हजार प्रहरी परिचालन, डीआईजी भन्छन्–ढुक्कले चाडपर्व मनाऔँ

छिनोफानो   सोमबार १४, असोज २०८१ ०८:४९

धनगढी । दशैँ–तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशमा ११ हजार जना प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व मध्यनजर गरि बनाइएको सुरक्षा योजनाअनुसार प्रदेशभर सामान्य समयको भन्दा चार हजार जना थप प्रहरी परिचालन गरिने भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । डीआईजी केसीले सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालन हुने गरेको बताए ।

तर कार्यालयभित्रको काममा खटिने, प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालय लगायतका कार्यालयका प्रहरीलाई समेत गरि थप चार हजार जनालाई फिल्डमा खटाउने गरि योजना बनाइएको उनले बताए । ‘हामीले प्रदेशको सुरक्षा चुनौती राम्रोसँग विश्लेषण गरेका छौँ । त्यो चुनौती सामना गर्नेगरि प्रहरी जनशक्ति परिचालनको योजना पनि बनाइएको छ,’ डीआईजी केसीले भने, ‘नियमित समयमा परिचालन हुने भन्दा चार हजार जना थप प्रहरी परिचालन गरेका छौँ ।’

प्रदेश प्रहरी कार्यालयले विगतमा चाडपर्वमा कुन ठाउँमा के–कस्ता अपराधिक गतिविधि भए भन्ने कुराको पनि विश्लेषण गर्दै यो वर्ष पुनः त्यस्ता क्रियाकलाप हुन नदिनेगरि योजना बनाइएको जनाएको छ । चाडपर्वका बेला सीमा नाकामा हुने चोरी, तस्करी, ठगी तथा लुटपाट जस्ता घटना हुन नदिने सीमा क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिनेछ भने सवारी दीुर्घटना न्यूनीकरणका लागि चेकिङ्क बढाउने, जनचेतनामुलक सन्देश प्रवाह गरिनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु