मुख्यमन्त्री भट्ट राहत लिएर बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै

छिनोफानो   आइतबार ०७, कार्तिक २०७८ ११:३८

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट राहत लिएर आज आईतबार बाढी पहिरो प्रभावित बझाङ बैतडी र डाेटी क्षेत्रमा जाँदैछन् । बर्षाले निम्त्याएको बाढीपहिरो र डुवान प्रभावितलाई सुदूरपश्चिम सरकारले राहत, उद्धार तथा क्षतिपुर्तिका लागि २५ करोड रुपियाँ छुट्याएको थियो ।

यसअघि विपद्को प्रारम्भमै आंसिकरुपमा केही राहत सामग्री वितरण गरेको प्रदेश सरकारले क्षतिको विवरण संकलन गरेर राहत वितरण अगाडि बढाइएकाे प्रदेश सरकाकाे प्रबक्ता एवं आन्तरीक मामला तथा कानूनमन्त्री पूर्णा जाेशीले बताएकी छन् । हिजाे र आज बिहान गरी हेलिकप्टरमार्फत प्रदेशका पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिका, बैतडीको शिवनाथ, ढुङ्गाड र बझाङको खप्तडछान्ना, थलारा लगायतका अति प्रभावित स्थानमा राहत सामग्री पठाइएको उनले जानकारी दिइन् । उता बैतडीकाे ढुङ्गाडका स्थानीयले आफुहरुलाई रहात भन्दापनि बस्ति नै सखप भएकाेले पुनर्स्थापना गरिनुपर्ने माग गरेकाे उनले जानकारी दिइन् ।

खाध्यान्न लगायतकाे स्वास्थ्य रहात सामाग्री पुराएपछि मात्रै हामी आज नै त्यसतर्फ जाने उनकाे भनाई छ । आन्तरिक मामला तथा कानूनमन्त्री जाेशीले रहात वितरण तथा अनुगमन मुख्यमन्त्रीकाे नेतृत्वमा विभागियमन्त्रीका हैसियतमा आफु अनि सभामुख र एकजना माननीय संसद यस्तै तीनवटै सुरक्षा निकायका प्रमुखहरु र केही सञ्चारकर्मी पत्रकारहरु सम्मिलित हुने बताईन् ।

‘रहात पुर्याएपछि सम्बद्ध सरकारी टोलिको नेतृत्व गर्दै मुख्यमन्त्री भट्ट आईतवार प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ’ मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँवरले भने– ‘सडक भत्केर यातायात बन्द भएको जिल्लामा ईन्धन (पेट्रोलियम पदार्थ) को अभाव भएकाले त्यो पनि आपुर्ति गर्नेतर्फ मुख्यमन्त्रीले पहल लिनुभएको छ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु