विदेशबाट मागेर भएपनि वाढी पीडितलाई राहत दिने: प्रम देउवा

छिनोफानो   आइतबार ०७, कार्तिक २०७८ ०२:१५

प्रधानमन्त्री शेरवहादुर देउवाले विदेशबाट मागेर भएपनि वाढी पीडितलाई राहत दिने बताएका छन् । वेमौसमी वर्षाले नेपालको पुर्वी क्षेत्रमा पु¥याएको क्षतिको विषयमा जानकारी लिन प्रदेस नम्बर १ पुगेका प्रधानमन्त्री देउवाले तत्कालिन अवस्थामा मृतकका परिवारलाई केही पैसा उपलव्ध गराई सकिएको र काठमाडौं फर्किए लगत्तै राहत प्याकेज ल्याउने आश्वासन दिए । उनले विपद व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउने दाबी पनि गरे ।


बेमौसमी वर्षापछि आएको बाढी र पहिरोमा परी प्रदेश नम्बर एकमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् भने ७ जना अझै वेपत्ता छन् । त्यस्तै ५ सय ७० घर पूर्ण रुपमा र ८ सय ९४ घरमा आशिंक रुपमा क्षति पुगेको छ ।

प्रधानमान्त्रीलाई ४ हजार चौपायाको क्षति भएको, १२ वटा प्रहरी कार्यालय र १२ अन्य सरकारी कार्यालयमा क्षति पुगेको जानकारी गराइएको थियो । प्रदेश सरकारका अनुसार बाढीबाट प्रदेस नम्वर १ मा १५ देखि २० प्रतिशत धानबाली नोक्सान भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु