स्थाई बासस्थानको ब्यावस्था गरिदिन बझाङका पहिरो पडितहरको माग

पवन भण्डारी   मङ्गलबार ०९, कार्तिक २०७८ १२:२३

धनगढी : सुदुरपश्चिम प्रदेशका बाढी पहिरो पिडितहरुले सरकार सँग आफुको स्थाई ब्यावस्थापन गरिदिन माग गरेका छन । केहि दिन अगाढी आएको बाढी पहिरोका कारण सुदुरपश्चिम प्रदेशमा जनधनको ठुलो क्षती भएको थियो ।


 हाल सम्म सुदुरपश्चिम प्रदेशमा ३७ जनाको बाढी पहिरोमा परि मृत्यु भईसकेको छ भने २२ जना अझै बेपत्ता रहेका छन । बिपत्तीमा सबै घर परिवार गुमायर एक्लैे बाचेका बझाङको थलारा गाँउपालीका ४ का नरबहादुर पार्कीले अब सरकारले आफुहरु लाई उचित बासस्थानको ब्यावस्था गरि दिन माग गरेका छन । 


आफनो ५ जनाको परिवार सहित एकै घरबाट २३ जना बेपत्ता भएका उनले आफुहरु सँग अब केहि पनि बाकी नरहेकोले सरकारले उचित ठाँउमा ब्यावस्थापन गरि दिए केहि हद सम्म पिडा कम हुने बताउछन । 


बाढी पहिरो प्रभाबित क्षेत्रमा केहि दिन अगाढी प्रधानमन्त्री शेर बहादुर देउवाल समेत अवलोकन गरेका थिए । आईतबार सदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले बाढी पहिरो प्रभाबित क्षेत्रका नागरिकहरु लागी राहात बितरण गरे । 


सोहि क्रममा बाढि पहिरो पिडित परिवारले सरकार सँग छटो भन्दा छिटो आफुहरुको ब्यापवस्थापन गरिदिन आग्रह गरे । आफुहरु सँग नत धन सम्पती केहि रहयो नत ज्यान रहयो अब के गरि खाने भन्दै पिडित कलक सार्की, गुनाँसो पोखे । 


सबै सरकारका प्रतिनिनिहरु पुगेर सान्तवना पाएका पिडित परिवारले आफुहरुको ब्यावस्थापन छिटो गरिदिन माग गरेका छन । आईतबार राहात बितरण गर्न बझाङ पुगेको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले  आफुहरुले क्षती भएका क्षेत्रको तथ्यांक संकलन गरिरहेको र छिटो भन्दा छिटो पुर्नस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताए । 


सबै परिवार गुमायर भाग्यले बाचेहरु अहिले कहाँ जाने के खाने भन्ने चिन्तामा छन । परिवार गुमाउदा को पिडा हुदा हुदै पनि अब कसरी आफु बाच्ने भन्ने चिन्ता उनिहरुमा छ । तर्सथ पिडामा मलम लगाउन सरकारले तत्काल उनिहरुको उचित ब्यावस्थापन गर्न आवश्यक रहेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु