एकीकृत समाजवादी को पार्टी कार्यालय स्थापना

छिनोफानो   बिहिबार ११, कार्तिक २०७८ ०३:४१

धनगढी । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको महेन्द्रनगरमा पार्टी कार्यालय स्थापना गरिएको छ ।बिहीबार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले महेन्द्रनगरमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन ।

केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकीकृत समाजवादीको कञ्चनपुर जिल्लामा पनि पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरूले बनाएको पार्टी ओलीले एमाले कब्जा गर्न खोजेपछि विद्रोह गरेर नयाँ पार्टी बनाएको बताए ।

पार्टीले नयाँ कीर्तिमान कायम गरेको बताउँदै नेपालले सुदूरपश्चिम प्रदेश संसदीय दलमा पार्टी पहिलो बनेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका अध्यक्ष नेपालले बाढीपीडितलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै बाढीपीडित जनतालाई सहयोग गर्न कार्यकर्ताहरूलाई समेत निर्देशन दिए ।

जिल्लाको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले, सुदूरपश्चिम इञ्चार्ज गरिमा शाह लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु