एमाले कार्यालयमा लागेको ताला खोल्न गौरीगङ्गा नगर कमिटीको अल्टिमेटम

छिनोफानो   शुक्रबार १२, कार्तिक २०७८ १२:१९

धनगढी । नेकपा एमाले गौरीगङ्गा नगर कमिटीले पार्टी कार्यालयमा लगाइएको ताला ७ दिन भित्र खोल्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ।

नगर कमिटी अध्यक्ष शान्ति सिंहले विज्ञप्ति निकालेर पार्टी कार्यालयमा लगाएको ताला ७ दिन भित्र नखोलिए आन्दोलन गर्ने चेतावनी दिएकी छिन्।

‘पार्टीले आफ्नो कार्यालय सञ्चालन गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्दै जिल्ला प्रशासनले लगाएको ताला ७ दिन भित्र नखुले सिर्जना हुने परिस्थितिको जिम्मेवार जिल्ला प्रशासन कार्यालय रहनेछ र सङ्घर्षका कार्यक्रम निरन्तर अघि बढ्ने छन्,’सिंहद्वारा हस्ताक्षर विज्ञप्तिमा लेखिएको छ।

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु