नंया नेतृत्वका लागि छलफल गर्न नाडाको टोलि धनगढीमा,चौधरी अध्यक्षको तयारीमा

छिनोफानो   शुक्रबार १२, कार्तिक २०७८ ०१:४३

धनगढी । सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धनगढीमा व्यवसायीहरुका बिच अन्तरक्रिया सम्पन्न गरेको छ । 

आगामी नेतृत्व चयनका लागि देशव्यापी रुपमा छलफल तथा अन्तरक्रिया गर्ने क्रममा नाडाको टोलि धनगढी पुगेको हो ।आगामी मंसिर २२ र २३ गते सम्पन्न हुने अधिबेशन बाट नया नेतृत्व चयन गरिनेछ। नाडाको आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष रहेका करण चौधरीले तयारी थालेका छन । 

एसोसिएनका वर्तमान उपाध्यक्ष रहेका चौधरी लाई वर्तमान नेतृत्व सहितको साथ रहेको छ ।  चौधरी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका चौधरीले आफुलाइ आगामी नेतृत्वका लागि सम्पुर्ण रुपमा तयार गरेको बताउनुभयो । 


धनगढीमा भएको छलफलमा सुदुरपश्चिम अटो मोबाइल्स डिलर्स एसोसिएसन (साडा) मा आबद्ध कैलाली र कंचनपुरका व्यवसायीहरुको सहभागीता रहेको थियो। कार्यक्रममा अटोमोबाइल्स व्यवसायका समस्या बारे पनि छलफल गरिएको थियो । आएका व्यवसायीका  सुझाव सम्बोधन गर्दै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले जिज्ञासा बारे समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे । 


साडाका सुदुरपश्चिम प्रदेश अध्यक्ष पुष्कर ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट चारजना गरी १९ जनाको कार्यसमिति निर्वाचन हुने व्यवस्था छ। नयाँ कार्यसमितिले तीनजना सदस्य मनोनित गर्नेछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु