नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ को अधिवेशन सम्पन्नः अध्यक्षमा भण्डारी चयन

छिनोफानो   आइतबार १४, कार्तिक २०७८ ०८:३१

नेकपा एमाले मंगलसेन नगर संगठन कमिटी वडा नम्बर ६को दोस्रो वडा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । वडा कमिटी अध्यक्ष चक्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको अधिवेशनले राम प्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी चयन गरिएको छ । वडा कमिटीको उपाध्यक्षमा दुर्गाप्रसाद भण्डारी, सचिव देवेन्द्र प्रसाद भण्डारी, सहसचिव लक्ष्मी खतिवडा भण्डारी र खम्मकला खत्री लगायतका सदस्य रहेका छन् ।

यसअघि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य भैरे कामीले एमालेले देश र जनताको पक्षमा गरेका काम सहन नसकि विभिन्न षडयन्त्र गरेरे सरकार ढालेको बताउनु भयो । एमालेका हरेक कार्यकर्ताले असल भई असल कार्य गर्नुपर्ने उहाँको भनाइ छ ।

बिशिस्ट अतिथि एमाले सचिवालय सदस्य तथा मंगलसेन नगरपालिकाका उपाध्यक्ष सरिता उपाध्यायले एमालेको नेतृत्वको मंगलसेन नगरपालिकाले चुनावमा गरेका प्रतिबद्धता अनुसार जनताको पक्षमा काम गरेको बताउनु भयो ।

यस्तै एमाले जिल्ला सदस्य प्रभुनाथ भण्डारी तथा मान बहादुर बोगटीले जनप्रतिनिधिले जनताको लागि काम गर्नु पर्ने बताउनुभयो ।कार्यक्रममा एमाले सल्लाहकार संयोजक दुर्गाप्रसाद भण्डारी, नगर अध्यक्ष बृख बोगटी, सचिव चन्द्र प्रसाद भण्डारी, सदस्य भावना विक, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, अनेरास्ववियु अछाम काठमाडौं सम्पर्क मञ्च सहसचिव रमेश प्रसाद भण्डारी, दिपक प्रसाद भण्डारी, शिक्षक संगठनका राजेश्वर भण्डारी, कुलानन्द भण्डारी, बालकृष्ण भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु