कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

छिनोफानो   आइतबार १४, कार्तिक २०७८ ०९:०२

 कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार काडाँ नदीमा नुहाउने क्रममा डुबेर भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरीको मृत्यु भएको हो ।

नदीमा नुहाउन गएका उनीहरू नफर्किएपछि इलाका प्रहरी कार्यालय (भजनी) बाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु