डडेल्धुरामा बस दुर्घटना,१० जना घाइते

छिनोफानो   आइतबार १४, कार्तिक २०७८ ०९:२७

धनगढी I दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको आलिताल गाउँपालिका -१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना८ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी ल्याइँदै छ। घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका -६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका -८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार -६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका -१० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु