धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु ,२ जना घाइते

छिनोफानो   आइतबार १४, कार्तिक २०७८ ०९:३०

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गिरी आफैले चलाएको म२प ७६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा हिजो राति मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनका अनुसार मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षीय पशुपती बोहरा र १६ वर्षीय समीप सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु