यूएई भ्रमण श्रमिकका लागि उपलब्धिमूलक :  श्रममन्त्री श्रेष्ठ

छिनोफानो   आइतबार १४, कार्तिक २०७८ ०९:४९

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (यूएई भ्रमण) मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।

यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका उनले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेष रूपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिए ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान बिन्दुमा निःशुल्क पीसीआर परीक्षण, क्वारेन्टिन तथा आइसोलेसन सेन्टर र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरिएको बताए ।

यूएईमा रहँदा मन्त्री श्रेष्ठले त्यहाँका मानव संशाधनमन्त्री अब्दुल रहमान अब्दुलमानन अल अवारलाई भेटेर नेपाल–यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई आउने नेपाली कामदारलक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार लिने तथा सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायका विषयमा छलफल गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु