सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०९:२२

सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।दुर्घटनामा मानवीय क्षति भएको छैन ।

सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । तर जहाजको अगाडिको टायरमा प्वाल परेको छ ।धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु