आज प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ११:१७

आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु