कैलालीमा १४ जना जुवाडे करिब ५० हजारसहित पक्राउ

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०२:५४

धनगढी । कैलाली प्रहरीले धनगढीमा करिब ५० हजार नगदसहित १४ जना जुवाडे पक्राउ गरेको छ । सोमबार राति उपमहानगरपालिकाको वडा नम्बर ७ बेली बजारस्थित कुल बहादुर चौधरीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट १४ हजार ७ सय २० भारतीय रुपैंया, २५ हजार ९ सय ५० नेपाली रुपैंया र ३ गड्डी तास बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनका अनु्सार पक्राउ पर्नेमा बेलीका ३० वर्षीय ईश्वर चौधरी, ३३ वर्षीय प्रेम चौधरी, ३५ वर्षीय राम निवास चौधरी, ३० वर्षीय अम्मर राना, २८ वर्षीय दिनेश राना, ३१ वर्षीय लाल चौधरी, ४० वर्षीय कृष्ण प्रसाद पाण्डे, २१ वर्षीय रमेश खाती क्षेत्री रहेका छन् ।

त्यस्तै, सोही ठाउँका ३२ वर्षीय माया राम चौधरी, ४३ वर्षीय हरी चन्द, ३४ वर्षीय नरेश चौधरी, २८ वर्षीय आदेश चौधरी, ३१ वर्षीय कुल चौधरी र भारत घर भई बेली बस्दै आएका २४ वर्षीय अस्पाक खानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु