एमालेको पालिका अधिबेशन मा ६ पालिकामा नेतृत्व चयन, ३ मा हुन बाकि

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०४:५७

नेपाल कम्युनिष्ट पार्टी एमालेकाे पालिका अधिबेशन मा ६ पालिकामा नेतृत्व चयन सम्पन्न भएको छ। ९ वटा स्थानीय तह मध्ये ३ मा हुन सकेको छैन । बडिकेदार गाउँपालिका अधिवेशन बाट कमिटिकाे अध्यक्ष प्रकाश धामि सर्बसम्मति बाट चुनिनुभएको छ। त्यसैगरी उपा-अध्यक्षमा टेक बहादुर कलेल, सचिबमा मनोज देउबा, सहसचिब मा रम्भी देबि मगर लगायतको समिति चयन भएको छ ।

त्यसतै सायल गाउँपालिकाको अध्यक्षमा केशबराज उपाध्याय चयन भएका छन् । अध्यक्ष सहित सम्पुर्ण टिम सर्बसहमत चयन गरिएको हो। संगठन कमिटिको उपाध्यक्षमा सगराम नेपाली, सचिब गणेश ऐर, उप–सचिबमा जनक सिंह, गणेश बि.क. सहित ७५ सदस्यीय गाउँपालिका संगठन कमिटि गठन भएको छ । बोगटान फुड्सिल गाउपालिका को प्रथम गाउँ पालिका अधिबेशनबाट अध्यक्ष खेम घर्ती मगर उपाध्यक्ष बिर बहादुर ताम्राकार सचिब बिरेन्द्र बहादुर चन्द उप सचिब बिमला बम उप सचिब ज्ञानु बम मल्ल को नेतृत्वमा ७५ सदस्यीय कमिटी निर्बिरोध चयन भएको छ ।

त्यसतै आदर्श गाउँपालिका डोटीको पालिका अधिवेशन बाट पालिका संगठन कमिटीको अध्यक्ष पदमा गोबिन्द पार्की, उपाध्यक्ष दान बहादुर धामी, सचिव चन्द्रदेव ओझा, उपसचिव महेश ओझा र सेर बहादुर बिष्ट लगायतको समिति बनाइएको छ। शिखर नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा भिम बलायर , उपाध्यक्ष शेर बोहरा , सचीव भरत सिंह , सह- सचिवहरु नवीन जोरा र राधिका टमाटा लगायत को ७५ सदस्यीय समिति चयन भएको हो ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य आदरणीय कमरेड राम बहादुर ऐर प्रमुख आतिथ्यमा रहेको थियो। जोरायल गाउँपालिका अधिवेशन बाटअध्यक्ष तीर्थराज भण्डारी उपाध्यक्ष.इन्द्रा ओलि, सचिव चित्रराज भट्ट ,उपसचिव गगनसिंह रावत ,उपसचिव शेर बहादुर देउवा लगायत ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ। त्यसतै गरी जिल्ला का दिपायल सिलगढी नगरपालिका, पुर्बी चौकी गाउँ पालिका र के आइ सिंह गाउँ पालिका मा अधिबेसन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु