सुदूरपश्चिमका दुई जिल्लामा भोली सार्वजनिक बिदा

छिनोफानो   शनिबार २६, भदौ २०७८ १२:२६

सुदूरपश्चिमका दुई जिल्लामा भदौ २७ गते भोली सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु