अखिल(क्रान्तिकारी) कैलाली द्वारा बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०९:४४


गणेश एसके 

कैलाली : धनगढी- नेत्र विक्रम चन्द विप्लव नेत्रित्वको नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीले आफुहरुका माग पुरा नभएको भन्दै मंगलबार साडेपानी स्थित दशरथ माध्यमिक बिद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालीन  तालाबन्दी गरेको छ।

क्रान्तिकारीले कार्तिक १५ गते बिद्यालयमा भयको भ्रष्टाचार र अनियमितता रोक्न,सार्वजनिक लेखापरिक्षण गराई बिद्यालयको आय-ब्यय सार्वजनिक गर्न, ब्यक्तिगत रुपमा प्रयोग गरियको बिद्यालयको रकम फिर्ता गर्न, तत्काल अभिभावक भेला बोलाई  बिद्यालयमा देखियका समस्याहरु सामाधान गर्न लगायतका मागहरु राख्दै बिद्यालय प्रशासनलाई  २४ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको  थियो।

आफुहरुका मागहरुलाई बिद्यालय प्रसासनले वेवास्था गरिएपछि पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत बिद्यालयमा तालाबन्दी गरिएको  अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेश पातली ले हामीलाई जानकारी गराउन भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु