नेपाल एयरलाइन्स ले धनगढी-अछामको हवाइ भाडा घटायो

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ १०:३०

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ। निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएकाे हाे ।

साँफेबगरदेखि धनगढी सम्मको नयाँ भाडादर २ हजार ८ सय ८५ र धनगढी देखि साँफेबगर सम्मको ३ हजार ८० रुपैंया कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे ।

नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ। समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु