कैलालीमा देउसीभैलो ८ बजेसम्म मात्र खेल्न पाईने

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ ११:१७

 दिपावलीको अवसरमा खेलिने देउसीभैलो कैलालीमा राति ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।

कोरोना संक्रमणको जोखिम कामयै रहेको अवस्था तथा समाजमा अशान्ति फैलिनसक्ने भन्दै देउसीभैलो तथा नाचगानका कार्यक्रममा रोक लगाइएको जारी सूचनामा उल्लेख छ ।

साथै दिपावलीको समयमा पटाका जलाउने, आतिसबाजी गर्ने तथा ओसारपसार गर्न नपाइने समेत प्रशासनले जनाएको छ। यदि कसैले सुचनाको अवज्ञा गरी कानुन विपरितका कार्यहरु गरे, गराएको पाईएको प्रचलित कानुन अनुसार कडा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

साथै दिपावलीको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगजनी जस्ता विपद्का घटनाहरु घट्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु