कर्णाली नदि किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ ०३:०९

 कैलालीको कर्णाली नदि किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्लेस्थित कर्णाली नदिको किनारमा पहिचान नखुलेकी अन्दाजी ३० ३५ बर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले शव पानीबाट निकाली शव जाँच समेतको कार्य पुरा गरी पोष्टमार्टमका लागी टिकापुर अस्पताल कैलाली पठाईएको छ । ती महिलाको कानमा बेरुवा रिङ र बाँया हातको कान्छी औलामा कालो औठी लगाएको भेटिएको छ ।

हाल सम्म पहिचान खुल्न नआएको हुँदा फोटोहरुको आधारमा पहिचान गरी नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन कैलाली प्रहरीले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु