श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ ०३:३४

श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते भएकी छन् । मुसिकोट नगरपालिका–४ वडागाउँका दिपक काउछा मगरले मंगलबार दिउँसो जंगलमा वन कुखुरा मार्न चलाएको भरुवा बन्दुकको छर्राले लागेर उनकै श्रीमती ४२ वर्षीय बसन्ती काउछा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार गोलीको छर्राले कम्मरमा लागेर घाइते भएकी काउछाको तमघास अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं आर्मी अस्पताल छाउनीमा रिफर गरिएको छ । धारापानी जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको जनाएको छ । घटनापछि फरार रहेका दिपक काउछालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु