बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला

छिनोफानो   बिहिबार १८, कार्तिक २०७८ ०८:०४

गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको छ । बागलुङको बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् ।

कात्तिक ९ गते दशैंको पूर्णिमा मेला बुर्तिवाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२ सिमलचौरदेखि मालारानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा खसे बेपत्ता भएको प्रहरीलाई जानकारी दिएको थियो ।

सोही अनुरुप ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रमममा बुधबार उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु