मुख्यमन्त्री भट्ट र पुर्ब खानेपानी मन्त्री मगरद्धारा  कञ्चनपुरका बाढी प्रभाबित क्षेत्रको अनुगमन

पवन भण्डारी   बिहिबार १८, कार्तिक २०७८ १०:३५

कञ्चनपुरका बाढी प्रभाबितहरुले सरकारले राहात भन्दा पनि बिउबिजन,र मलखाद निःशुल्क उपलब्ध र गराउनु पर्ने माग राखेका छन । करिब १५ दिन पहिला आएको बेमौसमी बर्षाका कारण भएको क्षती लाई स्थलगत रुपमा अनुगन गर्न कञ्चनपुर पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बाढी प्रभाबितहरुले सो माग राखेका हुन । 


कञ्चनपुरका बाढी प्रभाबितहरु क्षेत्र पुर्नवास, बेलौरी, लालझाडी गाँउपालीका मा स्थालगत अनुगमनमा पुगेका सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र पुर्व खानेपानी मन्त्री बिना मगर सँग बाढी प्रभाबितहरुले नदिले आफुहरु सँग भएको सबै जमिन कटान गरि बगरमा परिणत गरेकाले अब कसरी बालब्च्चा पाल्ने भन्ने चिन्ता रहेको र सो बारे सरकारले ब्यावस्थापन गरिदिनु पर्ने बताए । 


नदिले थुप्रै जमीन काटी सकेको र रहेको बाकी जमिन समेत काट्ने सम्भामवना रहेकोले तत्काल तटबन्धको ब्यावस्था गर्नु पर्ने बाढी प्रभाबितहरुको माग छ । उनिहरुले तत्काल तटबन्ध गर्न नसकेमा आफुहरुको बाकी जमिन समेत बगरमा परिणत स्थानीय राम मिलन रानाले बताए  । 


प्रभाबित क्षेत्रको स्थलगत अनुगमन गर्दै सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले किसानहरुको क्षती पुर्ती मुल्याकंन गर्दै राहात उपलब्ध गर्ने बताए । उनले भौतिक रुपमा भएका क्षतीहरुको समेत मुल्याकंन गर्ने र प्रदेश सरकारले सक्ने जति प्रदेशले गर्ने र नसक्ने योजनाहरु लाई संघीय सरकार सँग पहल गर्ने बताए । 


पुर्ब संघीय मन्त्री बिना मगरले आफनो निर्बाचन क्षेत्रमा भएको क्षतीबारे आफुले संघीय सरकार सँग पहल गर्ने र किसानहरुको दुःखमा साथ दिन आफु तयार रहेृको बताईन । उनले पिडितहरु का समस्या प्रति आफु गम्भीर भएर लाग्ने बताईन । 


करिब १५ दिन पहिला आएको बेमौसमी बर्षाका कारण पिडित बनेका कृषकहरुले खेतमा रहेको कुहियको धान लाई समेत उठाउन सकेका छैनन । अझै पनि अधिकाँस क्षेत्रमा पानी जमेका कारण धान उठाउन नसकीयको कृषक हरु गुनाँसो पोख्छन । अब सरकारले केहि गर्छकी भन्ने आसा छ नभए त कसरी बाल बच्चा पाल्ने चिन्ता आफुहरु लाई परिरहेको किसानहरुको गुनाँसो छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु