सर्लाहीमा स्यालको टोकाइबाट पाँच जना घाइते

छिनोफानो   बिहिबार १८, कार्तिक २०७८ ०१:३४

 सर्लाहीमा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । हरिपुर नगरपालिका–८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका हुन् ।

उनीहरुलाई बुधबार स्यालले टोकेको प्रहरीले जनाएको छ । स्यालले मानिसलाई मात्रै नभएर पशुचौपायालाई समेत टोक्न थालेको छ । गाउँमै पसेर स्यालले टोक्न थालेपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष हरिबहादुर थापाले बताए ।

स्यालले टोकेर घाइते भएका सबैले रेबिजविरुद्धको खोप लगाइएका थापाले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी गएर उनीहरुले रेविजविरुद्धको खोप लगाएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु