धनगढीमा ३ करोडको लगानीमा बि.सि .एम मोटर्स प्रा.लि सञ्चालनमा

छिनोफानो   बिहिबार १८, कार्तिक २०७८ ०२:४६

बि.सि .एम मोटर्स प्रा.लि सञ्चालनमा आएको छ । उक्त मोटर्स प्रा.लिको बिहिबार एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका हुन ।

व्यवसायी टेकराज भट्ट, माधवराज जोशी, धन्नजय भट्ट र बासु खडायतको संयुक्त लगानीमा उक्त प्रा.लि सञ्चालमा ल्याएका हुन । करिब तीन करोडको लागतमा आफुहरुले धनगढीस्थित चौराहामा बि।सि।एम मोटर्स प्रा.लि सञ्चालनमा ल्याएको सञ्चालहरुले बताएका छन ।

सञ्चालक माधवराज जोशीका अनुसार उक्त मोटर्स प्रा।लिमा पेट्रोल अटो, अटोका सम्पुर्ण पाटर्स लगातका सेवा पाइने छन । यस्तै अहिले चार वटा मोडेलका अटोहरु आफ्नो प्रा।लि बाट किन्न मिल्ने उनले जानकारी दिए । टिभिएस किङ्ग डिलक्स, टिभिएस किङ्ग प्लस, टिभिएस किङ्ग डियुरो म्याक्स र टिभिएस किङ्ग कार्गो मोडलका पेट्रोल अटो रहेका छन ।

यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले प्रा.लिको उद्घाटन गर्दै व्यवसायिक सफलताको शुभकामना दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु