दोलखा कांग्रेस सभापति जुवाखालबाट पक्राउ, ६ लाख बरामद

छिनोफानो   शुक्रबार १९, कार्तिक २०७८ ०२:४२

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा काठमाडौंको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु