तिहारमा माइत हिंडेकी ईश्वरी शाही खोलामा खसेर बेपत्ता,तीन वर्षीया छोरीको उद्धार

छिनोफानो   शुक्रबार १९, कार्तिक २०७८ ०२:४५

 तिहारमा माइत हिंडेकी जाजरकोटको बारकोटे गाउँपालिक–७ की ईश्वरी शाही खोलामा खसेर बेपत्ता भएकी छन् ।
बिहीबार माइत जाने क्रममा उनी छोरीसहित स्थानीय जगदुल्ला खोलामा खसेकी हुन् । डोल्पाको मुड्केचुला गाउँपालपालिका–२ त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा खसेर उनी बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

भिरको अप्ठ्यारो बाटो पार गर्ने क्रममा उनी खोलामा खसेकी स्थानीयले जानकारी दिएका छन् । आमासँगै खोलामा खसेकी छोरीको भने स्थानीयले उद्धार गरेका छन् । बालिकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए ।

बालिकाको मुख, टाउको र शरीरमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । बेपत्ता महिलाको खोजीमा जाजरकोट र डोल्पाका प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु