नेपाल एयरलाइन्सद्वारा जुम्लामा नियमित उडान शुरु

छिनोफानो   शुक्रबार १९, कार्तिक २०७८ ०३:००

नेपाल एयरलाइन्सले जुम्लामा नियमित उडान शुरु गरेको छ । एक महिनाभन्दा बढी समयदेखि रोकिएको उडान एयरलाइन्सले बिहीबारदेखि तालिका बनाएर पुनः नियमित गरेको हो ।

अब जुम्लामा सातामा दुई वटा उडान गर्ने नेपाल एयरलाइन्सले जनाएको छ । जुम्लामा सरकारी जहाज नआउदा र निजी जहाजकै भर पर्नुपर्दा यात्रुलाई निकै सकस भएको थियो ।

एक हप्ता अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सहजीकरणमा जुम्लामा सरोकारवाला निकायबीच भएको छलफलमा हवाई उडानलाई व्यवस्थित र नियमित गर्ने सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु