कञ्चनपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

छिनोफानो   शुक्रबार १९, कार्तिक २०७८ ०३:०५

कञ्चनपुरको दैजीमा शुक्रवार दिउँसो कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । बा २१ च ९८९७ नम्बरको हाइलेक्स गाडी र सुपप्र ०१० प २०७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदाका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ बस्ने ३० बर्षीय बीरेन्द्र महरा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशब भट्टले बताए ।

गाडी चालक बीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घाइतेको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु