बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु

छिनोफानो   शुक्रबार १९, कार्तिक २०७८ ०३:१६

बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका ३ रकैलका प्रेम बहादुर धामीकी १३ वर्षीया छोरी शशिकला धामीको मृत्यु भएको हो। 
 जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनको शुक्रबार दिउँसो १२ः ३० बजे  घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको छ। उनी घाँस काट्ने ठाउँबाट करिब ३०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको हो। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु