भिरबाट खसेर एक वृद्धको मृत्यु

छिनोफानो   आइतबार २१, कार्तिक २०७८ १०:५१

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ७६ वर्षीय डिलबहादुर पुन रहेका प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको एक्लेफाँट भिरबाट करिब ७० फिट तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु