संखुवासभा घटनाका आरोपित सार्वजनिक;

  आइतबार २७, भदौ २०७८ ११:५९

संखुवासभा घटनाका आरोपी लोकबहादु कार्कीको बयानले धेरैलाई त्रसित पारेको को छ। उनले हेपाई सहन नसकेर, आफूलाई पागल भनको भएर ज्यान लिएको बताएका छन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रहरीले अनुमान गरे जस्तै घटनामा एकपछि अर्कोले देखेर सामूहिक हत्या भएको पाइएको छ। प्रहरीका अनुसार अभियुक्त लोक बहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयबाट देखेका थिए।

आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रुष्ट थिए। घटनाको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए।

जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाएका रहेछन्। तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे।

तेजबहादुरले ‘लोकेले मार्यो, गुहार ’ भनेर चिच्याएपछि उक्त चिच्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थल तर्फ आ। घटना स्थल पुगिन, घटनामा संलग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले कमलालाई पनि मारे।

कमलापछि लगत्तै तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलिन्। तर लोकबहादुरले उनलाई पनि छाडेनन्। तीन जनाको काम सकेपछि दुई बालबालिकालाई देखे। त्यसपछि उनीहरूलाई पनि लखेट्दै लखेट्दै सिध्याए।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने थिइन्। गुहारको चिच्च्याहट सुनेको र आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई भयो, त्यसपछि उनले गाई वस्तुलाई दिन कुँडो पकाइरहेकी बुढी हजुरआमालाई पनि बिदा गरे। वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन्।

‘मेरो टार्गेट र रिस भनेको काका (तेजबहादुर) मात्रै हुन्, तर मैले हानेको देखेपछि सबैलाई हानेको हुँ। अरूले देखेको भए अरूलाई पनि हान्थे र मार्थेँ,’ प्रहरीसमक्ष उनले भने। (स्वादेश नेपाल)

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु