प्रदेश न २ मा नो मास्क, नो सर्भिस’ अभियान चलाउने

  आइतबार २७, भदौ २०७८ १२:२८

प्रदेश न २ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो ।

बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ । संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ ।

सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशनरप्रसारण गराउने निर्णय पनि गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु